काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबिच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन् ।
आईतबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबिच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबिचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।
पार्टीका कमजोरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै उनले जनताको भावना बुझेर पार्टी अघि बढ्न सके वर्तमान चुनौती सामना गर्न सकिने बताए ।
उनले एमाले यथास्थितिमा चल्न नसक्ने भन्दै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताएका छन् । कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको उनले बताए ।




प्रतिक्रिया