नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ।

श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिए ।

कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो। पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन्।

नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन्।