सीपीपीसीसीका नेता जियानगुओ ६ सदस्यीय टोलीसहित नेपाल आइपुगे

सीपीपीसीसीका नेता जियानगुओ ६ सदस्यीय टोलीसहित नेपाल आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिको स्थायी समितिका सदस्य जियाङ जियानगुओ नेपाल आइपुगेका छन्।

जातीय तथा धार्मिक मामिला समितिका उपनिर्देशक समेत रहेका जियानगुओसहित ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार दिउँसो १२ः५१ बजे काठमाण्डु आइपुगेको हो ।

जियाङ मानव अधिकार अध्ययन समाजका कार्यकारी उपाध्यक्षसमेत हुन्। जियाङ नेतृत्वको प्रतिनिधिमण्डल हिमालय एयरलाइन्सको उडानमार्फत ल्हासाबाट काठमाण्डु आइपुगेको हो।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक तथा सरकारी अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।