प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबिच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सेनाध्यक्ष सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ ४ दिने भ्रमणको सिलसिलामा आईतबार काठमाण्डु आएका थिए ।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

नेपाल र भारतबिच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

सोमबार नै प्रधानसेनापति सिग्देल र सेनाध्यक्ष सेठबिच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।