भाजपा र राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरू काठमाण्डु आउँदै

भाजपा र राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरू काठमाण्डु आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरू नेपाल आउन लागेका हुन् ।

भदौ ११ गते काठमाण्डुमा हुने एक विशेष कन्क्लेभमा सहभागी हुन भारतीय शीर्ष नेताहरू आउन लागेका हुन्।

कन्क्लेभमा भाग लिन भाजपाका राष्ट्रिय उपाध्यक्ष राम माधव, भाजपा विदेश विभागका संयोजक डा. विजय चौथाइवाले, भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य विनय सहस्रबुद्धे तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता शशी थरुर नेपाल आउन लागेका हुन् ।

भारतीय पक्षबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुने जनाइएको छ ।

यस्तै कन्क्लेभमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा तथा अन्तर्राष्ट्रिय मामिला संसदीय समितिकी सभापति सुम्निमा उदास पनि सहभागी हुनेछन् ।

कार्यक्रममा नेपाल-भारत सम्बन्ध, क्षेत्रीय राजनीति, आर्थिक सहकार्य तथा बदलिँदो भूराजनीतिक परिस्थितिका विषयमा छलफल हुने छ ।

कन्क्लेभ भारतको एनडीटीभीको आयोजनामा याक एन्ड यति होटल हुनेछ ।