पोखरामा भारतीय सेना प्रमुख सेठले गरे भूतपूर्व सैनिकसँग भेटघाट (तस्वीरहरू)

पोखरामा भारतीय सेना प्रमुख सेठले गरे भूतपूर्व सैनिकसँग भेटघाट (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ बुधबार पोखरामा भारतीय भूतपूर्व सैनिकसँगको भेटघाट कार्यक्रममा सहभागी भएका छन् ।

श्रीमती कोमल सेठसहित पोखरा पुगेका उनी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

जनरल सेठले पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय (पीपीओ)को पनि भ्रमण गरे । उनले त्यहाँ आयोजित भारतीय भूतपूर्व सैनिकसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाए । त्यस अवसरमा उनले नेपाल–भारत मैत्री विद्यालयका विद्यार्थीलाई मिठाइसमेत वितरण गरे ।

जनरल सेठ साउन ३१ गते पाँचदिने नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । उनले प्रधानमन्त्री वालेन्द्र शाहलगायत उच्चस्तरीय अधिकारीसँग भेटवार्तासमेत गरेका छन् ।