९ जना सशस्त्र प्रहरीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

९ जना सशस्त्र प्रहरीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिदामा बसेर, आफूखुसी ब्यारेक छाडेर गैरहाजिर भएका ९ जना सशस्त्र प्रहरी कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले निर्देशन दिएको छ।

विभिन्न एकाइबाट गैरहाजिर भई सम्पर्कविहीन रहेका ती कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको हो।

सशस्त्र प्रहरी बलले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र चित्तबुझ्दो कारणसहित उपस्थित नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) को नियम ११८ को उपनियम (१०) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

कार्यालयले निर्धारित समयभित्र हाजिर नभए नियमावलीअनुसार सेवाबाट हटाउनेसम्मको कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।