कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा समूह अदालत जाने तयारीमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा समूह अदालत जाने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जान लागेका हुन्।

कांग्रेस संस्थापन समूहले १५ औँ महाधिवेशनकोे कार्यतालिका सार्वजनिक गर्दै यसै वर्ष असोज १६ गतेदेखि १९ गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेको हो।

सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउनु गलत भएको देउवा समूहका नेता डा. प्रकाशशरण महतले बताए।

यो विषयलाई कानुन र राजनीतिक दुवै कोणबाट सामना गर्ने जनाउँदै उनले संस्थापन पक्षले निषेधको राजनीति गर्न खोजेको आरोप लगाए।

देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो।

यसअघि इतर समूहका नेता डा. शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएका थिए।

यसअघि साउन २१ गते सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो।

तर, पार्टीले मंगलबार अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेपछि इतर समूहले महाधिवेशन प्रक्रिया कानुनी कदम चाल्ने तयारी गरेको हो।