रास्वपा बैठक सुरु, स्थानीय निर्वाचनदेखि सांसदलाई तालिम र जनप्रतिनिधि फिर्ता बोलाउने एजेण्डा पेस

रास्वपा बैठक सुरु, स्थानीय निर्वाचनदेखि सांसदलाई तालिम र जनप्रतिनिधि फिर्ता बोलाउने एजेण्डा पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया र संगठनात्मक संरचनाबारे छलफल थालेको छ ।

वनस्थलीस्थित घण्टी घरमा जारी केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीका विभिन्न तहमा मनोनयन तथा आगामी कार्यक्रम र अभियानका विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने प्रस्तावमाथि छलफल हुँदैछ । त्यस्तै निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ ।

सांगठनिक व्यवस्थापनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुख मनोनयन गर्ने प्रस्तावमाथि छलफल हुने आचार्यले बताए ।
। बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठन हुने ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ का सदस्य मनोनयन गर्ने बताइएको छ ।

बैठकले स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी नयाँ रूपरेखाबारे पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत निर्णय गर्ने आचार्यले बताए ।


रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकमा छलफलका लागि प्रस्तुत गरेको छ ।