जाजरकोटमा बाढीले बगाएर दुई जना बेपत्ता

जाजरकोटमा बाढीले बगाएर दुई जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलंगा–जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परेर दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह छन् ।

उनीहरू डोग्राखोलामा आएको बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

थापालाई बुधबार साँझ गोठबाट घर फर्किने क्रममा र सिंहलाई शुक्रबार बिहान बाढीले बगाएको हो ।

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

लगातारको वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


यसैबीच बाढीले जुनीचाँदे–६ का विभिन्न स्थानमा करिब १० वटा पानीघट्टसमेत बगाएको छ ।