पार्टी एकताबारे देउवा र शेखर कोइरालाबीच छलफल

पार्टी एकताबारे देउवा र शेखर कोइरालाबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको बेला पूर्वसभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता भएको हो ।

कोइराला बिहीबार बिहान १० बजे काठमाण्डुको महाराजगन्जस्थित शान्तिप्रिय मार्गमा रहेको देउवा निवास पुगेका थिए । उनीहरुबीच ४० मिनेट छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनले भने ‘दुई नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे केन्द्रित छलफल भएको छ ।’

संस्थापन पक्षले पूर्वनिर्धारीत मितिमै १५ औँ महाधिवेशन गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ भने संस्थापनतर समूहले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

दुई नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे केन्द्रित छलफल भएको छ । भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।