रास्वपा प्रवक्ता बने खरेल, सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित, अन्य पदमा को-को ?

रास्वपा प्रवक्ता बने खरेल, सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित, अन्य पदमा को-को ?

सचिवालय सदस्यमा ९ जनालाई थप्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य १५ पुगेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा ९ जनालाई थप्ने निर्णय गरेसँगै सदस्य संख्या १५ पुगेको हो ।

आजको बैठकले शिशिर खनाल, मनिष झा, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा रानालाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले बैठकले पार्टीको प्रवक्ता, कोषाध्यक्षसहितका पद पूर्ति गरेको छ । प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव , सुरेन्द्र चौधरी र संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्।