विदेश र निर्वाचन क्षेत्र बाहिर रहेका नेपालीले भोट हाल्ने गरी तयारी गर्न गृहमन्त्री गुरुङको आग्रह

विदेश र निर्वाचन क्षेत्र बाहिर रहेका नेपालीले भोट हाल्ने गरी तयारी गर्न गृहमन्त्री गुरुङको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले विदेश र निर्वाचन क्षेत्र बाहिर रहेका नेपालीले भोट हाल्ने गरी आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा र सुधारबारे भएको छलफलमा उनले सबैको मतदानको अधिकार सुरक्षित गर्न आग्रह गरेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सबै मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानुनी विषयहरू प्रस्तावित विधयेकमा समेट्न उनले आग्रह गरे । सोहीअनुसार प्राविधिक तयारी सुरु गर्न आयोगलाई आग्रह गरिएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षतालाई थप उचाइमा पुर्‍याउन र आममतदाताहरूको चाहनाअनुसार निर्वाचनको विधि र पद्धतिमा सुधार गर्न आयोग सक्रिय रहेको बताए । यसका लागि कानुनी, संस्थागत, प्राविधिक तयारी सुरु गरिसकेको जानकारी दिए । त्यसका निम्ति आवश्यक पर्ने स्रोतसाधन र जनशक्ति सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।