सुदूरपश्चिम सरकारमा ५ मन्त्री नियुक्त

सुदूरपश्चिम सरकारमा ५ मन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल विस्तार गर्दै ३ मन्त्री र २ राज्यमन्त्री थपेका छन् ।

सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भागमा परेका भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमप्रकाश भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल र आन्तरिक मामिलामन्त्रीमा खुशीराम चौधरी नियुक्त भएका छन् ।

यसैगरी जानकी कुँवर भौतिक पूर्वाधार विकास राज्यमन्त्री र इन्दिरा गिरी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख नजिर मियाँसामु शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपाको भागमा परेका ५ मन्त्रीको नियुक्तिसँगै प्रदेश सरकारले पूर्णता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल मुख्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।

यसअघि नेकपा एमालेको तर्फबाट सामाजिक विकासमन्त्री सन्तोषी थापा शर्मा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्री जानकी बम ऐर बनेका छन् ।