प्रधानमन्त्री शाह पोखराबाट गाडीमै हिँडे मुस्ताङ

प्रधानमन्त्री शाह पोखराबाट गाडीमै हिँडे मुस्ताङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखराबाट शनिबार बिहान गाडीमै मुस्ताङ प्रस्थान गरेका छन्।

काठमाण्डुबाट मुस्ताङको यात्रामा निस्किएका प्रधानमन्त्री शाह पोखराबाट पनि गाडीमै यात्रा गरेका छन् ।

प्रधानमन्त्री शाह शुक्रबार बिहान काठमाण्डुबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए । उनी राति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए ।

शाह त्यहाँबाट पनि गाडीमै मुस्ताङको यात्रामा निस्केका हुन् । प्रधानमन्त्रीसँग पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ पनि छन्।

प्रधानमन्त्री शाह सडकमार्गमार्फत मुस्ताङ हिँडिरहेका बेला लेदो माटोसहितको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध छ ।