दाङ– तुलसीपुरको एक पेट्रोल पम्पमा ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा अचानक आगो सल्किँदा म्यानेजर घाइते भएका छन् ।
घटनामा पेट्रोल पम्पका म्यानेजर लसीपुर उपमहानगरपालिका–६ का ४२ वर्षीय हुकुम भण्डारी घाइते भएका हुन् ।
शनिबार बिहान रा१ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा काउन्टरभित्र बालिएको अगरबत्तीको आगोमा पेट्रोलको लप्का पुगेपछि आगलागी भएको प्रहरीको भनाइ छ ।
त्यसपछि काउन्टरमा आगो फैलिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले भण्डारीको हात, खुट्टा र ढाडमुनिको भाग जलेको जानकारी दिए ।
राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाण्डु लगिएको छ ।
आगलागी तत्काल नियन्त्रणमा आएका कारण ठूलो क्षति भने हुन पाएन ।




प्रतिक्रिया