चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन–पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र. ०१–०१५प३३८५ नम्बरको मोटरसाइकल शनिबार मध्याह्न १२ः२३ बजेतिर आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार करिब २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो ।

उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनापछि प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।