क्रिकेट सिरिजमा नेपाल ‘ए’ टोली बंगलादेशसँग ९ विकेटले पराजित

क्रिकेट सिरिजमा नेपाल ‘ए’ टोली बंगलादेशसँग ९ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

अष्ट्रेलियामा जारी प्रतियोगितामा नेपाल शनिबार बंगलादेश हाई–परफर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको छ ।

नेपाल ‘ए’ले दिएको १०० रनको झिनो लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो । बंगलादेशका लागि जिशान आलमले अर्धशतकीय पारी खेले । उनले २९ बलमा ४ छक्का र ३ चौकासहित अविजित ५२ रनको पारी खेलका हुन् ।

नेपालका लागि बलिङमा साहब आलमले मात्र १ विकेट लिन सके । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनको पारी खेले । साहब आलम र विपिन खत्रीले समान ११–११ तथा रिजन ढकालले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बंगलादेशका लागि बलिङमा एमडी रुबेलले ४ ओभरमा १८ रन दिएर सर्वाधिक ४ विकेट लिएका छन् । 

जारी प्रतियोगितामा नेपाल ‘ए’ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेटले पराजय व्यहोरेको थियो ।