झाँक्रीले सोधिन्-पार्टी पुनर्गठन भनेको के हो ?

झाँक्रीले सोधिन्-पार्टी पुनर्गठन भनेको के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेभित्र पार्टी पुनर्गठनको बहस चलिरहँदा नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठन भनेको के हो भन्दै प्रश्न गरेकी छन्।

झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली राख्नु हो भन्ने जिज्ञासा व्यक्त गरेकी छन्।

‘यदि पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन’ उनले प्रश्न गरेकी हुन् ।

जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्ने प्रश्न पनि उनले गरेकी छन्।

‘अझ रोचक कुरा के छ भने जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि नै एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?’ उनले लेखेकी हुन् ।