१४औँ दक्षिण एसियाली खेलकुद चैत २०-२८ गतेसम्म पाकिस्तानमा हुने

१४औँ दक्षिण एसियाली खेलकुद चैत २०-२८ गतेसम्म पाकिस्तानमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १४औँ दक्षिण एसियाली खेलकुद (साग) यसै वर्ष चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा हुने भएको छ ।

पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकले खेल तालिका तय गरेको हो ।

पाकिस्तानमा हुने सागमा २८ खेल सहभागी हुनेछन्। सागमा आयोजक पाकिस्तानसहित नेपाल, बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंका सहभागी हुनेछन्।

हरेक ४ वर्षमा हुने साग पछिल्लो पटक सन् २०१९ मा नेपालमा भएको थियो। नेपालपछि पाकिस्तानले आयोजना गर्ने निर्णय भए पनि भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वका कारण अहिलेसम्म हुनसकेको छैन।