काठमाण्डु– अमेरिकाले इरानसँग व्यापार गर्ने साझेदार मुलुकलाई लक्षित गर्दै कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार पत्रकार सम्मेलनमार्फत इरानविरुद्ध थप कडा कदम घोषणा गर्ने तयारी गरेका छन्।
बेसेन्टले फाइनान्सियल टाइम्समा लेख्दै इरानविरुद्धको कारबाहीलाई कुनै प्रतिद्वन्द्वीविरुद्ध तयार पारिएको अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण भनेका छन्।
‘राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति नष्ट गरेका छन्, यसका लगभग १०० प्रतिशत सैन्य कारखाना ध्वस्त पारेका छन्, आणविक कार्यक्रम समाप्त पारेका छन्। हामी अब अन्तिम चरणमा पुगिरहेका छौँ। बिहान हुनेबित्तिकै एक ठुलो आर्थिक आक्रमण सुरु हुनेछ’कुनै विरोधीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठुलो आर्थिक आक्रमण।’
उनले इरानको अर्थतन्त्र र वित्तीय प्रणालीसँग सहकार्य गर्ने ‘डराएका राष्ट्र’हरूले त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्। इस्लामिक क्रान्तिपछि सन् १९७९ देखि नै इरानले निरन्तर अमेरिकी आर्थिक प्रतिबन्ध झेल्दै आएको छ।




प्रतिक्रिया