कांग्रेस महाधिवेशन रोक्न देउवाले दायर गरे रिट, खड्काले दिए पूरक निवेदन

कांग्रेस महाधिवेशन रोक्न देउवाले दायर गरे रिट, खड्काले दिए पूरक निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विवाद अदालत पुगेको छ ।

सभापति गगन थापा पक्षले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरू दुबैले सोमबार वारेसमार्फत् अलगअलग रिट दर्ता गराएका हुन् ।

देउवाको तर्फबाट गत शुक्रबार वारेसमार्फत रिट पुगेको थियो भने खड्काको तर्फबाट सोमबार वारेसमार्फत पूरक निवदेन परेको हो ।

देउवाको तर्फबाट वारेस असग रुल हक छन् भने खड्काको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठ रहेका छन् ।

विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले निस्सा दिएको थियो । सो निस्सापछि आधिकारिकता विवाद पूर्ववत् अवस्थामा फर्किएकाले कुनै पनि निर्णय नगर्न माग गरिएको छ ।

पेस गरिएका दुवै रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए । ‘कांग्रेस महाधिवेशनसँग सबन्धित दुईवटा रिट आएका छन् । हामी अध्ययनकै क्रममा छौँ,’ उनले भने ।

कांग्रेसको केन्द्रीय समितिले १६ देखि १९ असोजमा १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ ।