काठमाण्डु– बाराको सिमरा घटनामा आरोपित नाबालकको भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राख्ने अस्पतालको कोठामै प्रहरीसहित अन्य व्यक्तिले आरोपित नाबालकको भिडिओ खिचेको पाइएको प्रहरीले जनाएको छ।
कानुनअनुसार बालबालिकासम्बन्धी कसुरमा आरोपित नाबालकको पहिचान खुल्ने गरी फोटो वा भिडिओ खिच्न तथा सार्वजनिक गर्न पाइँदैन।
सार्वजनिक भएको भिडिओमा नाम लिएका व्यक्तिलाई पनि सोमबार पक्राउ गरिएको छ। उनी पनि नाबालक रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया