कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसदले विश्वासको मत दिएका हुन् ।

उनको पक्षमा ५७ मत परेको छ । प्रस्तावको विपक्षमा २२ जना र ४ सांसद् तटस्थ बसेका थिए ।

प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् भने ८३ जना सांसद सहभागी थिए ।

प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेपाली कम्युनिस्ट पार्टीको १७, राप्रपाको सभामुखसहित ५ र जसपा नेपालको १ जना सांसद छन् ।

गत भदौ ३ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।