एमालेका बादल र रास्वपाकी इन्दिराले बोलेका शब्दहरू रेकर्डबाट हटाउन सभामुखको निर्देशन

एमालेका बादल र रास्वपाकी इन्दिराले बोलेका शब्दहरू रेकर्डबाट हटाउन सभामुखको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले २ सांसदले संसद् बैठकमा बोलेका शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र रास्वपाकी सांसद इन्दिरा रानामगरले बोलेका असंसदीय र अर्मयादित शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

भदौ १ गतेको बैठकमा रानाले प्रयोग गरेको भालु, वेश्या’ र ‘साइबर सेना’ जस्ता शब्द र बादलले भदौ ३ गतेको बैठकमा प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरूलाई अभिलेखबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका छन् ।