बागमती प्रदेश सभामा राप्रपाका ३ सांसद पदमुक्त

बागमती प्रदेश सभामा राप्रपाका ३ सांसद पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका ३ सांसदलाई सोमबार पदमुक्त गरिएको छ ।

पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको छ ।

बागमती प्रदेशका सभामुखलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रेषित पत्रमा केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको उल्लेख छ ।