सभामुख अर्याल उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’

सभामुख अर्याल उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छातीमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

सभामुख अर्याललाई सोमबार साँझ काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अन्तर्गतको सिसियूमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचाररत अर्याल सोमबार राति ९:४२ बजे डिस्चार्ज भई अस्पतालबाट बाहिरिएका छन् । उनको छातीमा समस्या देखिएको थियो ।