काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि बुधबार प्रतिनिधिसभा बैठकमा सांसद्को प्रश्नमा जवाफ दिदैंछन् । भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न गर्न दिइएको समयावधिमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् ।
१५ वटासम्म प्रश्न लिन सकिने व्यवस्था भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो भागमा परेको कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।
रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले)का ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख डोलप्रसाद अर्यालको रुलिङअनुसार प्रश्नोत्तरमा सबै दलबाट कम्तीमा एक–एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो।
दलीय प्रतिनिधित्वअनुसार ६ दलबाट एक–एक गरी ६ प्रश्न र बाँकी ९ प्रश्न दलहरूको प्रतिनिधि संख्या हेरेर बाँडफाँट गरिएको थियो। सोअनुसार रास्वपाले ७ , कांग्रेस, एमाले र नेकपाले दुई–दुई तथा श्रम संस्कृति पार्टी र राप्रपाले एक–एक प्रश्न दर्ता गर्न पाउने व्यवस्था थियो।




प्रतिक्रिया