आईटी क्षेत्रका २ दर्जनबढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

आईटी क्षेत्रका २ दर्जनबढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि (आईटी) क्षेत्रका २ दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दैछन्।

अर्थ मन्त्रालयले आयोजना गरेको ‘बजेट कार्यान्वयन संवाद शृङ्खला’ अन्तर्गत हुन लागेको छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति, तिनको प्रभावकारी कार्यान्वयन तथा युवा उद्यमीहरूले गरिरहेका प्रयासबारे छलफल हुनेछ।

साथै, आईटी क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने नीतिगत तथा व्यावहारिक सहजीकरणका विषयमा पनि छलफल हुने जनाइएको छ।

छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै अघि सारेका नीति तथा कार्यक्रमबारे सरकारको धारणा स्पष्ट पार्नेछन्।

त्यस्तै, युवा उद्यमीहरूले आईटी क्षेत्रमा देखेका सम्भावना, उनीहरूका समस्या तथा सरकारले गर्नुपर्ने नीतिगत र व्यावहारिक सहजीकरणबारे मौखिक तथा लिखित सुझाव प्रस्तुत गर्नेछन्।

अर्थ मन्त्रालयले कार्यक्रमलाई सूचना प्रविधि क्षेत्रका युवा उद्यमीका अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा बुझ्ने तथा बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिएको जनाएको छ।