काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने बताएका छन् ।
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले संसदमा कालो चश्मा लगाएर आउन रोक लगाउन सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकमार्फत निर्देशन दिएका थिए ।
सभामुखको निर्देशनपछि राश्वपाका अधिकांश सांसद कालोचश्मा नलगाई बैठकमा उपस्थित भइरहेका थिए ।
सांसदहरुसँगको प्रश्नोत्तरका लागि प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदैछन् । बैठक बुधबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।
बालेनले आफूले आँखामा समस्या भएका कारण कालोचश्मा लगाउनुपरेको व्यहोरोको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।
उनले आँखा परीक्षणको रिपोर्टसमेत पत्रमा संलग्न गराएका छन् ।
सभामुख आर्यलले स्वास्थ्यका कारण कालो चश्मा लगाउनैपर्ने समस्य भए स्वास्थ्य परीक्षण रिपोर्ट बुझाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीले छाउनीस्थित सैनिक अस्पतालमा परीक्षण गरेको रिपोर्ट बुझाएको संसद् सचिवालय श्रोतले जनाएको छ ।
सैनिक अस्पतालका चिकित्सक (लेफ्टिनेट कर्णेल) डा. सचित ढकालको टोलीले निवासमै गएर उनको आँखा परीक्षण गरेका थिए ।
तर, अस्पतालको रिपोर्टमा २२ साउनमा आँखा जाँच गरिएको उल्लेख छ ।
सभामुखले त्यसअघि नै रिपोर्ट मागेका थिए ।
रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न असहज हुने उल्लेख छ ।




प्रतिक्रिया