राजेन्द्र लिङदेनले चार सांसदमाथि गरेको कारबाही राप्रपा प्रदेश कमिटीद्वारा खारेज

राजेन्द्र लिङदेनले चार सांसदमाथि गरेको कारबाही राप्रपा प्रदेश कमिटीद्वारा खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कमिटीले अध्यक्ष राजेन्द्र लिङ्देनले तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिएको भन्दै प्रदेशसभा सचिवालयमा पठाएको पत्रलाई झुटो भन्दै त्यसको कार्यान्वयन रोक्न माग गरेको छ ।


केन्द्रले कारबाही गरेको दाबी गर्दै पठाएको पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रदेश कमिटीले त्यसविरुद्ध छुट्टै पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

राप्रपा प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम थापाले चार प्रदेशसभा सदस्यमाथि केन्द्रले गरेको पदमुक्तिको निर्णय अवैध भन्दै कार्यान्वयन नगर्न मंगलबार पत्राचार गरेका हुन् ।

संसदीय दलका नेता उद्धव थापासहित चार सांसदलाईे पदमुक्त गरिएको पत्र संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावलीविपरीत रहेको दाबी थापाको छ ।

अध्यक्ष लिङदेनले केही दिनअघि दल नेता थापासहित राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न उपसभामुख अप्सरा चापागाईं र निर्वाचन आयोगलाई बेग्लाबेग्लै पत्राचार गरेका थिए ।


एमाले नेतृत्वको सरकारमा राप्रपाको संस्थापन इतर खेमाबाट राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ ४ भदौमा मन्त्री नियुक्त भएका थिए ।

अध्यक्ष दिङदेनले पार्टी निर्णय र निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरुमाथि कारबाही गरिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताएका छन् ।