भोलि मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा

भोलि मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले मुस्लिम समुदायका लागि बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।

मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम समुदायका लागि देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै १८ चैत २०८२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन बुघबार मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।


इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनलाई मुस्लिम समुदायले धार्मिक पर्वका रुपमा मनाउँदै आएका छन् ।

यस दिन मुस्लिम समुदायले विशेष प्रार्थना, धार्मिक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधि आयोजना गर्ने गरेका छन् ।
गर्छन् ।