काठमाण्डु – नेपालमा एआईओएन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र चाहनालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरका प्रिमियम विद्युतीय सवारीसाधन नेपाली बजारमा प्रस्तुत गर्दै आएको जनाएको छ ।
अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, सुरक्षा, आराम र उत्कृष्ट प्रदर्शनलाई समेट्दै एआईओएनले नेपालमा विद्युतीय गतिशीलताको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
बहुप्रतीक्षित नाडा अटो शो २०२६ सुरु भएसँगै अटोमोबाइल क्षेत्रका प्रमुख ब्रान्डहरूले आफ्ना नवीनतम प्रविधि तथा उत्पादन प्रदर्शन गरिरहेका छन् । सोही क्रममा एआईओएन नेपालले प्रिमियम विद्युतीय एसयूभी एआईओएन भी प्रदर्शन गरिरहेको छ ।
अत्याधुनिक डिजाइन, स्मार्ट प्रविधि, उच्च सुरक्षा, आरामदायी सवारी अनुभव तथा उत्कृष्ट प्रदर्शनको संयोजन रहेको एआईओएन भीले नेपालमा बढ्दो विद्युतीय सवारीको यात्रालाई थप सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
प्रिमियम विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन एआईओएन नेपालले एआईओएन भी २०२६ मोडलका लागि विशेष नाडा विशेष अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको अफरअन्तर्गत एआईओएन भी एलाइट २०२६ मोडल ५९ लाख ९९ हजार रुपैयाँ तथा एआईओएन भी लक्जरी २०२६ मोडल ७३ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ग्राहकले ६.६ किलोवाटको चार्जर र फ्लोर म्याट नि:शुल्क, आकर्षक नगद छुट, नथिङ फोन अफर तथा १ वर्षको सडक कर र अटो प्लस बिमा सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार नाडा विशेष अफरमार्फत अत्याधुनिक प्रविधि, प्रिमियम सुविधा तथा आकर्षक मूल्य सहितको विद्युतीय एसयूभी खरिद गर्न ग्राहकलाई अवसर प्रदान गरिएको हो । एआईओएन भी २०२६ मोडलमा आकर्षक डिजाइन, उच्च दक्षता, स्मार्ट ड्राइभिङ प्रविधि तथा आरामदायी यात्राको संयोजन रहेको जनाइएको छ ।
नाडा अटो शो २०२६ मा एआईओएनको स्टल ब्लक ए, स्टल नम्बर ए–१ मा रहेको छ । ग्राहकले स्टलमा एआईओएन भीलाई नजिकबाट अवलोकन गर्नुका साथै यसको विशेषता र सुविधाबारे उत्पादन विशेषज्ञबाट जानकारी लिन तथा नाडा अवधिभर उपलब्ध विशेष अफरबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।
एआईओएन नेपालले नाडा विशेष अफरमार्फत ग्राहकलाई थप मूल्य, सुविधा तथा आकर्षक स्वामित्व लाभसहित प्रिमियम विद्युतीय सवारी उपलब्ध गराउने प्रयास गरिएको जनाएको छ ।




प्रतिक्रिया