काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नियुक्त भएका दिपेन्द्र पुन सिजल, इन्द्रजीत थारु र कृष्ण कुस्मा थारुले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
दिपेन्द्रले स्वास्थ्य मन्त्रालय, कृष्णाले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र इन्द्रजीतले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले र नेकपाको ३ बुँदे सम्झौताअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट ३, नेकपाबाट ३ र जनता समाजवादी पार्टी २ जना मन्त्री सहभागी छन् ।




प्रतिक्रिया