धितोपत्र र बीमा कसुरमा फरार ४ जना पक्राउ

धितोपत्र र बीमा कसुरमा फरार ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी काठमाण्डु जिल्ला अदालतमा पेश गरिएको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धान भइरहेको कसुरमा संलग्न ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा काठमाण्डु महानगरपालिका–३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल रहेका छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका–२ बस्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छन् ।

बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा काठमाण्डु महानगरपालिका–१६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार पनि पक्राउ परेका छन् ।

ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थायी वतन भएकी तथा हाल भुम्लुटार–६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि काठमाण्डु जिल्ला अदालत बबरमहलमा पेश गरिएको छ ।