बागमती प्रदेश सभामा एमालेका मुख्यमन्त्री थापालाई विश्वासको मत

बागमती प्रदेश सभामा एमालेका मुख्यमन्त्री थापालाई विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सभामा नेकपा एमालेका मुख्यमन्त्री किरण थापाले विश्वासको मत पाएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्रीले ५७ जना सांसदको विश्वासको मत पाएका छन् भने विपक्षमा ० मत रहेको छ । कांग्रेसले मतदान बहिष्कार गरेको थियो ।

मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक थियो । बाग्मतीमा एमाले र नेकपाका गरी ५१ जना सांसद छन् भने ६ मत राप्रपाले दिएको छ ।

राप्रपा केन्द्रले भने एमाले सरकारलाई समर्थन नगर्ने नीति लिँदै समर्थन गरेका सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सभामुखलाई पत्राचार गरिसकेको छ ।