टप एन्ड टी-२० सिरिजमा आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्दै

टप एन्ड टी-२० सिरिजमा आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध खेल्दैछ ।

यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ ।

नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ ।

सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । ताजा अवस्थामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।