काठमाण्डु – रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट ठूलो बाढी आएको जानकारी दिए । उनले बाढीबाट ठुलो क्षति भएको हुन सक्ने आशंका गरे ।
क्षतिको यकिन विवरण आइनसकेको उनले बताए । ‘ठूलो बाढी आएको छ । के कति क्षति भयो भन्ने यकिन छैन’, उनले भने ।
भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।
प्रशासनले नदीको पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित विपद्का लागि सतर्क रहन आग्रह गरेको हो।
चीनतर्फबाट एक्कासी आएको बाढीले टिमुरेको भन्सार संरचना सबै भत्काएको बुझिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।




प्रतिक्रिया