भोटेकोसी बाढी : गृहमन्त्रालयमा आकस्मिक बैठक सुरु

भोटेकोसी बाढी : गृहमन्त्रालयमा आकस्मिक बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो। बैठकमा भोटेकोसीमा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ।

यस्तै भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र अर्थमन्त्रालय प्रशासनसहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा आवश्यक समन्वय गरिएको छ ।

भोटेकोसीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको असर मुग्लिनसम्म पर्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।