रसुवा बाढी : ३ प्रहरी कार्यालयसहित भन्सार बगायो

रसुवा बाढी : ३ प्रहरी कार्यालयसहित भन्सार बगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आउँदा नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।

रसुवा जिल्लामा ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको हो ।

यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विवस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ

यस्तै बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार दुईवटा बजार तहसनहस भएको छ ।

बाढीले बजार र भन्सार कार्यालउ पनि बगाएको उनले बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ।

रसुवा भन्सार क्षेत्रमा राखिएका ठूलो स‌ङ्ख्यामा गाडीहरू पनि बाढीमा बगेका छन्। यता, काठमाण्डुमा रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई काठमाण्डुमै रोकिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डुल बाढीलाई मध्यनजर गर्दै ती जिल्ला जाने सवारीसाधनलाई काठमाण्डुमै रोकेको हो ।