रसुवा बाढी : आपतकालीन मेडिकल टिमसहित नेपाली सेना परिचालन

रसुवा बाढी : आपतकालीन मेडिकल टिमसहित नेपाली सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवामा आएको भीषण बाढीका कारण क्षति पु¥याएको स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको हो।

नेपाली सेनाका अनुसार बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रदेखि नदी तटीय क्षेत्रसम्म क्षति भएको जानकारी प्राप्त भएपछि खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको इमरजेन्सी मेडिकल टिम (ईएमआरटी) एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको छ ।

साथै धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित नं–६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ ।