कमल थापाकाे चेतावनी: धर्म परिवर्तनको डढेलोले धार्मिक द्वन्द्वको खतरा बढ्याे

कमल थापाकाे चेतावनी: धर्म परिवर्तनको डढेलोले धार्मिक द्वन्द्वको खतरा बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले लोभ,लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन्।

देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द्व हुने तर्फ चिन्ता ब्यक्त गरेका छन् ।

हिन्दु धर्मको कुरा गरेको कारण अरु धर्मलाई थिचोमिचो नहुने र आफुहरु कुनै धर्मको बिरोधि नभएको समेत स्पष्ट पारे । थापाले सबै धर्म बिच समानता र स्वतन्त्रताको पक्षमा रहेको बताए ।

हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने भन्दै थापाले हिन्दु राष्ट्र हुदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने कुरा नभएको स्पष्ट पार्दै थापाले मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा उठाएको बताए ।  कुनै पनि धर्म शास्त्रले जन्म र जातको आधारमा छुवाछूत र भेदभाव नगरेको भन्दै थापाले कुरुती, अन्धबिश्वास र कमिकमजोरिलाई सुधार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका नेताहरु बिक्रम बहादुर थापा , महेश रिमाल, मधुसुदन खनाल, धार्मिक ब्यक्तित्व दिनेश खनाल र आचार्य सुजन पराजुली, दिनेश अधिकारी लगायतले बोलेका थिए।