काठमाण्डु – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।
सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको हो ।
बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि चिकित्सक टोली आवश्यक औषधिसहित रसुवातर्फ प्रस्थान गरेको हो।
रसुवामा आएको आकस्मिक बाढीबाट विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा राहतसँगै स्वास्थ्य सेवा पनि प्राथमिकतामा राखिएको छ।




प्रतिक्रिया