चीनमा पहिरोले पुरिएको ताल पूरै नखुलेको भन्दै प्राधिरकणले जारी गर्‍यो अर्को चेतावनी

चीनमा पहिरोले पुरिएको ताल पूरै नखुलेको भन्दै प्राधिरकणले जारी गर्‍यो अर्को चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले भोटेकोसी नदीमा बाढी आउने जोखिम अझै कायम रहेको बताएको छ ।

चीनतर्फको ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिरकणले जनाएको हो ।

बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको जनाइएको छ।

प्राधिरकणले अर्को सूचना जारी नभएसम्म नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्राधिकरणले भनेको छ, ‘चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।’