काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद् व्यवस्थापन कोष परिचालन गरी सांसद र कर्मचारीको यथोचित रकम कट्टा गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले आफ्नो २ महिनाको तलब कोषमा जम्मा गर्न आग्रह गरेकी छन् ।
‘आजै राष्ट्रिय विपद् कोष गठन वा परिचालन गरी सम्पूर्णलाई सहयोगको पहल गर्ने, सांसदलगायत सम्पूर्ण कर्मचारीको तलबबाट यथोचित कट्टा गरी कोषमा जम्मा गर्ने र मेरो हकमा मेरो २ महिनाको तलबभत्ता कोषमा जम्मा गरियोस् ।’
उनले विपद्का बेला सम्पूर्ण राजनीतिक दललाई एक ठाउँमा ल्याउनुपर्ने बताइन् । सर्वदलीय बैठक आह्वानका लागि रास्वपा सभापति रवि लामिछानेलाई उनले आग्रह गरेकी छन् ।




प्रतिक्रिया