प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए ।

सभामुख अर्यालले रसुवाको भोटेकोशीमा बुधबार बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिए ।

उनले विपद् व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गरेका छन् ।