प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

रसुवा, नुवाकोट लगायत क्षेत्रमा आएको बाढी र क्षतिका कारण जनप्रतिनिधि प्रभावित क्षेत्रमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएकोमा संसद् सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।