रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उद्धार कार्यमा नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ८ वटा गरी जम्मा १५ वटा हेलिकप्टर परिचालन भइरहेका छन् ।

हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको उद्धार गरिएको निर्देशनालयले जनाएको छ ।

बाढीमा परी घाइते भएकाहरूको उपचारका लागि वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आपत्कालीन उपचार सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालको सेट १ थान तथा आवश्यक मेडिकल सामग्री, औषधि र उपकरणहरू समेत त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ ।

रसुवामा बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै नेपाली सेना र अन्य निकायहरू परिचालन भइरहेका छन् ।