काठमाण्डु – रसुवामा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशुलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो ।
प्राधिकरणका अनुसार त्रिशुली स्थित २२० केभी ३ बि हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।
चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशुली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे–त्रिशुली ६६ केभी प्रसारण लाइन अवरुद्ध छ ।
अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत् प्रणाली सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।
यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालू भएर चौघोडा सबस्टेसन सञ्चालनको प्रयास जारी गरिएको छ ।
गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरूमा धादिङबेसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया