काठमाण्डु – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।
भोटेकोशी बाढी, बाढीले पुर्याएको क्षति, खोजी, उद्वार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यसअघि सभापति लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेका थिए।




प्रतिक्रिया